Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बागमती कांग्रेस संसदीय दल बैठक ः अविश्वास प्रस्तावमाथि छलफल हुँदै

नेपाल न्युज बैंक
11 घण्टा अघि

हेटौंडा । बागमती प्रदेशमा राजनीतिक हलचल चुलिँदै गर्दा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ। बैठक मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको हो ।

बैठकमा कांग्रेसको केन्द्रीय नेतृत्वबाट प्रतिनिधि रूपमा राजन केसी पनि सहभागी छन् । बैठकको प्रारम्भमै केसीको सहभागिता र केन्द्रबाट पठाइएको पत्र औपचारिक रूपमा पढेर सुनाइएको थियो ।

त्यसपछि संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री लामाविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । बैठकमा अब प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन तथा सनाखत प्रक्रिया अघि बढ्नेछ ।

संसदीय दलका स्रोतका अनुसार, प्रस्तावको टुंगो लगाउन आजै मत विभाजन हुने सम्भावना उच्च छ । प्रदेश सरकारको नेतृत्वमा रहेका बहादुर सिंह लामाको बहुमत टिकाउन सक्ने या न सक्ने भन्ने विषयमा बैठक निर्णायक बन्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया