२३ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

बागमती कांग्रेस संसदीय दल बैठक ः अविश्वास प्रस्तावमाथि छलफल हुँदै

हेटौंडा । बागमती प्रदेशमा राजनीतिक हलचल चुलिँदै गर्दा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ। बैठक मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको हो ।

बैठकमा कांग्रेसको केन्द्रीय नेतृत्वबाट प्रतिनिधि रूपमा राजन केसी पनि सहभागी छन् । बैठकको प्रारम्भमै केसीको सहभागिता र केन्द्रबाट पठाइएको पत्र औपचारिक रूपमा पढेर सुनाइएको थियो ।

त्यसपछि संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री लामाविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । बैठकमा अब प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन तथा सनाखत प्रक्रिया अघि बढ्नेछ ।

संसदीय दलका स्रोतका अनुसार, प्रस्तावको टुंगो लगाउन आजै मत विभाजन हुने सम्भावना उच्च छ । प्रदेश सरकारको नेतृत्वमा रहेका बहादुर सिंह लामाको बहुमत टिकाउन सक्ने या न सक्ने भन्ने विषयमा बैठक निर्णायक बन्नेछ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि