२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार

उपसभामुख राना चीन भ्रमणबाट स्वदेश फिर्ता

काठमाडौं । उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरि हिजो राती स्वदेश फर्किएकी छन् ।

चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राती ११.३० बजे स्वदेश फर्किएकी हुन् ।

उपसभामुख राना श्रावण ७ गतेदेखि ११ गते सम्म आयोजित सांघाई सहयोग मञ्च, मिडिया र थिंक ट्याङ्क शिखर सम्मेलनमा सहभागी भएकी थिइन् ।

सो कार्यक्रममा उनले ‘विकासको लागि शक्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा मन्तव्य राखेकी थिइन् भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका सयौ सोही प्रान्तमा अवस्थित झेङझोउ शहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमण समेत गरेकी छिन् ।

उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा संघीय संसद सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित थिए । दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टोली साउन ६ गते त्यस तर्फ प्रस्थान गरेका थिए ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको