Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ओलीले गरे बीपीको प्रशंसा ः बीपीले नेपाल र भारतका लागि योगदान गरेका छन 

नेपाल न्युज बैंक
2 घण्टा अघि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाले नेपालका लागि मात्रै नभइ भारतका लागि समेत काम गरेको बताएका छन् ।

आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ’बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोह कार्यक्रममा बोल्दै उनले भारतीय नेताहरु कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताएका हुन् ।

उनले भने,‘बीपी कोइराला नेपालका लागि मात्रै होइनन् । भारतमा ‘अंगे्रज भारत छोड्दो’ भन्ने आन्दोलनमा पनि पर्नु भएको थियो । भारत स्वतन्त्र गराउनका लागि समेत र भारतीय नेताहरु कठिन समयमा हुँदा बीपीले लुकेर समेत उनले काम गरेका थिए । त्यसकारण नेपालका समाजवादीहरुको र भारतका समाजवादीहरुसँगको भावनात्मक सम्बन्ध हुनु एउटा महत्वपूर्ण कुरा थियो ।’

उनले राजनीतिमा कतिखेरको जेल परिन्छ भन्न नसकिने भएकाले राजनीतिमा पूर्वाग्रह, प्रतिशोध भइरहने बताए । साथै उनले राजनीतिको दौडमा, परिर्वतनको झन्डा बोक्नेहरुमध्ये बीपी कोइराला समेत एक नेता रहेको उल्लेख गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया