७ पुष २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार समाचार

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा

कर्णाली, ११ साउन ः घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

गए राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगर खोला स्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी घटनास्थलमा हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं मोहनजङ्ग बुढथापाले जानकारी दिए।

रबिनाको घटनास्थलमा नै मृत्यु भएको भनीे स्थानीयले अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेपश्चात तत्काल प्रहरी त्यहाँ पुगेर हत्या गर्ने ठाडा मगरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ठाडा मगरको थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि