५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

एससीओ राष्ट्र एकताबद्ध हुनुपर्नेमा जोड

चङ्चौ, हेनान चीन, ९ साउनः युरेसियाका राष्ट्रहरूको साझा सङ्गठन साङ्घाई सहयोग सङ्गठन एससीओ का सदस्य राष्ट्रहरु शान्ति, विकास र स्थायित्वका निम्ति एकताबद्ध हुनुपर्नेमा सङ्गठनका विद्वत् वर्ग र सञ्चारगृहका प्रमुखहरूले जोड दिएका छन् ।
आजदेखि यहाँ प्रारम्भ भएको साङ्घाई कोअपरेशन अर्गनाइजेशन मिडिया एण्ड थिङ्क ट्याङ्क समिटको उद्घाटन सत्रमा उनीहरूले सार्वभौमिकता अहस्तक्षेप, पारस्परिक विश्वास तथा समानतका नीतिलाई सङ्गठनको मूलमन्त्र मानेर शान्ति र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बताए ।
हेनान प्रान्तका गभर्नर वाङ खाइले उद्घाटन गरेका उक्त सम्मेलनमा उपसभामुख इन्दिरा रानाले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीन सरकारबाट निरन्तर सहयोग भएकामा कृतज्ञता व्यक्त गर्दै एसीओप्रति नेपालको सधैँ सहयोग एवं सद्भाव छ भने । एससीओले समृद्धि प्राप्तिको मार्गप्रशस्त गर्ने उनको अभिमत थियो ।
सम्मेलन आयोजक संस्था सिन्ह्वा समाचार समितिका अध्यक्ष फु हवाले विश्वभरका आठ हजार सञ्चार संस्थालाई आफ्नो सङ्गठनले आफ्ना उत्पादन वितरण गर्दै आएको जानकारी दिँदै एससीओको मर्मअनुरूप एकताबद्ध भएर साझा भविष्य निर्माण गर्ने दिशामा सञ्चार जगत्को महत्वपूर्ण भूमिका हुने भएकाले सम्मेलनमा सदस्य देशका विद्वत् वर्गलाई आमन्त्रण गरिएको बताए ।
सम्मेलनमा राष्ट्रिय समाचार समिति रासस का कार्यकारी अध्यक्षसहित सङ्गठनका सदस्य, पर्यवेक्षक र डयूलग पार्टनर’ देशका सञ्चारगृहका प्रमुख, विश्व वर्ग, अन्तरराष्ट्रिय सङ्घ सङ्गठनका प्रतिनिधि, कूटनीतिक व्यक्तित्व तथा पत्रकार सहित ४०० जना सहभागी छन्।
हेनान सरकार र सामाजिक विज्ञान चिनियाँ प्रतिष्ठान सँगको सहकार्यमा सिन्ह्वाद्वारा आयोजित सम्मेलन आगामी आइतबार समापन हुनेछ ।ख

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण