२७ आश्विन २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार समाचार

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने

काँक्रेविहार सुर्खेत, ९ साउन : उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ ।

चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरू सँग छलफल भई यही साउन २५ देखि भदौ १३ गतेसम्म सीमा क्षेत्र खोल्ने निर्णय भएको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए । उपल्लो डोल्पाको तीन पालिकाका लागि मोरिम्ला नाका प्रत्येक वर्ष एक पटक खोलिँदै आएको छ । यस वर्ष सीमा पार गरेर व्यापार गर्न दुई हजार २०० जनाले सीमा प्रवेश ‘पास’ लिएको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले जानकारी दिए। पालिकाको माग अनुसार यस अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सीमा नाकासम्म परिचालन गरिने भएको छ । अघिल्लो वर्ष १५ दिनका लागि खुला गरिएको थियो ।

विगत देखि खुल्दै आएको मोरिम्ला नाकाबाट उपल्लो डोल्पा वासीले दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विभिन्न मेसिनरी सामग्री खरिद गर्ने गर्छन् । उपल्लो डोल्पा भौगोलिक रूपमा विकट भएकाले नेपाली सामान खरिद गर्दा ढुवानी खर्च महँगो पर्ने भएकाले एक वर्ष पुग्ने गरी सस्तो मूल्यमा चिनियाँ सामग्री खरिद गर्दै आएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि