Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप

News and Updates
5 घण्टा अघि

रामेछाप । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक धसिएको छ ।

च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन् । सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षति पुगेको हो ।
निर्माण कम्पनीले धसिएको ठाउँमा सडक पुर्न माटोले छोपेको स्थानीयको गुनासो छ ।धसिएको सडक पुनःमर्मत गर्नुपर्नेमाग स्थानीयवासीको रहेको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाकार्यालय सित्खाका सूचना अधिकारी हर्कबहादुर प्रधानले पनि सडकमा केही क्षति पुगेको कुरा स्वीकार गरे ।

सो हेर्नको लागि प्राविधिक टोली पठाउँदा माथिबाट आएको पहिरो सहितको बाढीले सडकलाई क्षति पुर्याएको बताउँदै उनले सो पानी कटाएपछि समस्या समाधा नहुने जानकारी दिए ।
‘माथिबाट पानी आएर सडकको केही भाग धसिएको रहेछ, पानी कटाएपछि ठिक हुन्छ हाले, प्राविधिक हिसाबले पनि के हुन्छ हामी हरेर काम गर्छौँ’, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया