७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार

स्पेस फोरके टेलिभिजनको सीईओमा पुष्पराज गिरी नियुक्त

काठमाडौं । स्पेस फोरके टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्पराज गिरी नियुक्त भएका छन् । मिडिया प्रशासनमा एक दशकभन्दा बढी समय नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरीलाई सोमबार एक कार्यक्रमका बीच औपचारिक रूपमा टेलिभिजनको सीईओ पदमा जिम्मेवारी दिइएको हो ।

 

कार्यक्रममा स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा.दिनेशकुमार शाही र कार्यकारी निर्देशक बाबुराम भुसालले गिरीलाई औपचारिक रूपमा स्वागत गरेका थिए । कार्यकारी निर्देशक भुसालले प्रतिस्पर्धी मिडिया बजारमा नविनतम सोचका साथ अघि बढ्दै स्पेस फोरकेलाई कोसेढुङ्गा सावित हुने गरी अगाडि बढाउने प्रतिबद्धता जनाए ।

 

नवनियुक्त सीईओ गिरीले मिडिया क्षेत्रको आफ्नो लामो अनुभवलाई व्यवहारमा उतार्दै प्रभावकारी ढंगमा सञ्चारगृह सञ्चालन गर्ने बताए । उनले टीमवर्क र डिजिटल प्रविधिलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने पनि बताए ।

 

अध्यक्ष डा.शाहीले मिडियाप्रतिको आम नागरिकको दृष्टिकोण नै बदल्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै नयाँ भिजन र मिसनसहित परिणाममुखी कामका लागि सबैको सक्रिय भूमिका रहने बताए ।

 

गिरीसँग दुई कार्यकाल गरी कान्तिपुर मिडिया ग्रुपमा आठ वर्षको अनुभव छ । त्यस्तै, उनले ग्यालेक्सी मिडिया ग्रुपलगायत अन्य मिडिया हाउसहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको