७ माघ २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अमिताभ बच्चनको निवासअघि प्रशंसकहरूले गरे जय जयकार

एजेन्सी । बलिउडका सुपरस्टार कलाकारहरुले आफ्ना प्रशंसकहरुलाई विशेष र अलग्गै समय व्यवस्थापन गर्ने गर्छन् ।

 

सोही सिलसिलामा अमिताभ बच्चनले परम्परालाई जीवित राख्दै मुम्बईको आफ्नो निवास बाहिर भेला भएका सयौं प्रशंसकहरूप्रति अभिवादन गरेका छन् ।

 

उनले आइतबार आफ्नो मुम्बई निवास, जलसा बाहिर प्रशंसकहरूलाई अभिवादन गर्ने आफ्नो लामो समयदेखिको परम्परालाई निरन्तरता दिएका हुन् । भेला भएका सयौं प्रशंसकहरूलाई स्वागत गर्न बाहिर निस्किएर कृतज्ञतामा हात हल्लाएर अभिभावदन गरेका थिए ।

 

प्रत्येक आइतबार, देशभरका र विदेशबाट पनि प्रशंसकहरू सुपरस्टारको एक झलक हेर्नको लागि उनको निवास बाहिर भेला हुने गरेका छन् ।

 

आफ्नो सिग्नेचर स्टाइलमा सजिएका उनले हात जोडेर, हल्लाउँदै र न्यानो मुस्कानका साथ प्रशंसकहरूलाई स्वागत गर्दा ऊर्जावान र हर्षित देखिन्थे । धेरै प्रशंसकहरूले अभिनेताको जयजयकार गर्दै पोस्टर, फूल र ब्यानर बोकेका थिए ।

 

आफ्नो व्यस्त तालिका र चलिरहेका परियोजनाहरूको बावजुद, अमिताभ बच्चनले आफ्ना प्रशंसकहरूसँग भेट्ने यस्तो अवसरलाई छुटाउने गरेका छैनन् ।

 

उक्त क्षणलाई धेरै क्यामेराहरूले कैद गरेका थिए । बढ्दो उमेरका बाबजुत पनि उनी पछिल्लो समय फिल्ममा देखिदै आएका छन् । (एनएनबी, एएनआइ)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि