१ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रिय विधि, विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ, हस्तक्षेप गर्दैन : मन्त्री पन्त

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामासरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् ।

आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा सरकारले लगानी गर्ने तर हस्तक्षेप नगर्ने बताएका हुन् ।
मन्त्री पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमा आएका प्रस्तावहरु ठिक रहेको धारण व्यक्त गरे ।

उनले भने,‘ ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिकी काममा मन्त्रालयले हस्तक्षेप नगर्ने ढङगले काम गर्छ । तर यसमा लगानी नेपाल सरकारले गर्ने रसरकारसँग सम्बन्धित विभिन्न निकायका कामहरु पनि यसले गर्ने भएको हुँदा जे यसमा आएको छ त्यो नै प्रमुख विषय हो । अरु शैक्षिक संस्था जस्तो होइन् । विधेयकमा जे प्रस्तावित भएको छ त्यो ठिकै छ ।’

उनले विज्ञान प्रयोगशाला आफैँमा मंहगो हुने भन्दै सातवटा प्रदेशहरुमा पनि आवश्यकता रहेको बताए ।
‘विज्ञान प्रयोगशाला मंहगो हुन्छ । यसका सामग्रीहरु मंहगो हुन्छन् । त्यसैले यो प्रदेशहरुमा पनि जानुपर्छ,’उनले भने ।

यस्तै समितिका सदस्य बेदुराम भुसालले विधेयक बनाउँदा नियमावली, कार्यनीति स्पष्ट हुनुपर्ने बताए । उनले ऐनमा नभएकालाई नियममा नियममा नभएको कुरा विनियम बनाएर सुविधा खाने गरेको पनि बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि