७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार विशेष समाचार

पुनःस्थापनाको माग गर्दै मधेश प्रदेशका हरवाचवाहरु आन्दोलित

जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका हरवाचरवाहरु आन्दोलित भएका छन् ।

शुक्रबार मधेश प्रदेशभरका हरवाचरवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले पुनःस्थापनको माग अघि सार्नुका साथै हरवाचरवाको कार्यविधि पास हुनुपर्ने जस्ता मागहरु गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०७९ साल साउन २ गते हरवाचरवा प्रथा अन्त्य भएको घोषणा गरेका थिए

तर त्यसयता आफूहरुले कुनै सरसुविधा राज्यबाट नपाएको र पहिला भन्दा बढी समस्या भोग्नु परेको राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सादाले जानकारी दिए ।

केन्द्र सरकारले आफूहरुलाई आश्वासन दिएतापनि मधेश प्रदेश सरकारले जग्गा उपलब्ध गराउन अधिकार नरहेको भन्दै आफूहरुलाई बिच्चलिमा पारेको सादाको आरोप छ ।

सादाले हरवाचरवाको पुनस्र्थापनाका लागि विस्तृत कार्ययोजना र कार्यविधि सम्बन्धित अविलम्ब, पारित गर्नुपर्ने, हरवाचरवालाई जीविकाको लागि कम्तिमा १० कठ्ठा जमिन प्रदान गर्नुपर्ने, वैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारीविहीनलाई तीन महिने, ६ महिने वा त्योभन्दा बढी समयको निःशुल्क सिपमूलक तालिम र १ लाखको बिउ पुँजी र आवश्यक औजार प्रदान गर्नुपर्ने लगायत आफूहरुको माग रहेको बताए ।

सरकारले आफूहरुको माग सम्बोधन नगरे आठवटै जिल्लामा हरवाचरवाहरुले विरोध प्रदर्शन गर्ने महासचिव सादाले चेतावनी दिए ।

थप समाचारहरु

प्रदेस समाचार मधेश समाज

महोत्तरीमा डीएसपीमाथि आक्रमण, ३ सदस्य छानबिन समिति गठन

७ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त
प्रदेस समाचार मधेश समाज

नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

७ साउन, जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी