१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

थारु विद्यार्थी सभाले एसईईमा उत्कृष्ट जीपिए ल्याउने थारु विद्यार्थीहरुलाई सम्मान गर्दै

काठमाडौं । थारु विद्यार्थी सभाले एसईईमा उत्कृष्ट जीपिए ल्याउने थारु विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । प्रत्येक बर्ष एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने थारु विद्यार्थीहरुलाई सभाले सम्मान गर्दै आएकोमा यस बर्षपनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्न लागिएको हो ।

२०८२ साउन तीन गते शनिबार नयाँबानेश्वर बुद्धनगरस्थित स्वप्नवाटिका क्याम्पसमा औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गर्ने कार्यक्रम तय भएको छ । पुर्व जेष्ठ नागरिक तथा महिला बालबालिका मन्त्री एवम् प्रतिनिधि सभा सदस्य भगवती चौधरीको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई सम्मान गर्ने सभाकी अध्यक्ष शुसिला चौधरीले जानकारी दिइन् ।

उनले सम्मान कार्यक्रममले विद्यार्थीहरुको हौसला बुलन्द बनाउनुको साथै सकरात्मक भावनाको बिकासमा मुद्दत पुग्ने समेत बताइन् । राम्रोसँग पढे सम्मान पाइन्छ भन्ने विद्यार्थीहरुमा चेतनाको विकास हुने भएकाले यो सम्मानले थप पढ्न हौसला मिल्ने उनको भनाई छ । थारु विद्यार्थी सभाले एसईईको नतिजा सार्वजनिक भएसँगै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मानका लागि आह्वान गरेको थियो ।

सोही अनुसार देशैभरिका थारु विद्यार्थीहरुले सम्मानका लागि नाम टिपाएका थिए । थारु विद्यार्थी सभाले दुुई सय जनालाई सम्मान गर्ने जनाएको छ । पढ्नका लागि थप हौसला मिलोस् भन्दै थारु विद्यार्थी सभाले प्रत्येक वर्ष एसईईमा उतीर्ण विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि