७ पुष २०८२, सोमबार
मुख्‍य समाचार विशेष समाचार

यस वर्ष विपद्का कारण हुने क्षेती कम’

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले हालसम्म यस वर्षको तुलनामा विपद्का कारण क्षेती कम भएको बताएका छन् ।

बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै उनले मनसुन प्रतिकार्य योजनासँगै कम मनसुनका कारण तुलनात्मक क्षेती कम भएको बताएका हुन् ।

उनले भने, ‘हामीसँग स्रोत, साधनको अभावमा नीजि क्षेत्रको सहयोग लिएका छौ । यस वर्ष अहिलेसम्मको तुलनामा पोहोरको तुलनामा क्षेती कम भएको छ । यसपटक सम्बन्धित जिल्ला प्रमुखहरुलाई निदेर्शन के छ भने चेतावनी जारी भईसकेपछि आफ्नो क्षेत्रको जोखिम बुझेर तुरुन्तै के के बन्द गर्नुपर्ने हो गर्नुपर्छ ।’

उनले मनसुन प्रतिकार्य योजना नेपाली सेना, प्रहरीसँगै बनाएको नागरिक समाजका सामु प्रस्तुत गरेको पनि बताए ।

‘हामीले मनसुन प्रतिकार्य योजना बनाउँदा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सँगै बसेर योजना बनाएका छौ । त्यसैगरी नागरिक समाजलाई पनि उतिकै महत्व दिँदै हामीले बनाएको मनसुन प्रतिकार्य योजना नागरिक समाजसँग पनि प्रस्तुत गरेका छौ,’उनले भने ।

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको