२९ आश्विन २०८२, बुधबार
मुख्‍य समाचार समाचार

पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ सुरु(फोटो र भिडियो)

काठमाडौं । मानव सेवा फाउन्डेसनको अगुवाइमा पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाभरि सञ्चालन हुने श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ २०८२ विहीबारबाट सुरू भएको छ ।

 

महायज्ञका लागि मन्दिर परिसर सजाइएको छ भने भक्तजनका सुविधालाई मध्यनजर गर्दै विभिन्न व्यवस्थापनहरू गरिएको छ। यस ज्ञान महायज्ञमार्फत पितृमोक्ष, आध्यात्मिक उन्नति र समाजमा धार्मिक चेतना फैलाउने उद्देश्य लिइएको छ। आजबाट सुरू भएको यस धार्मिक आयोजनामा देशभरिबाट भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ।

 

महायज्ञको उद्घाटनपूर्व वृहत शोभा कलश यात्रा गरिएको थियो ।  पशुपतिको सुमार्गी भवन अगाडि रहेको पार्किङ क्षेत्रबाट प्रारम्भ भएको कलश यात्रा पशुपति रुद्रगारेश्वर हुँदै मनकामना पूर्ति मोचन विराट ज्ञान महायज्ञको प्रमुख पण्डा स्थल हंसमण्डपमा पुगेर सम्पन्न भएको हो ।

 

महायज्ञको प्रारम्भिक चरणमा सागर आचार्य, शितल कृष्ण महाराज , आदियोगी गौतम स्वामी, अमृत शरण देवाचार्यलगायतले कथा वाचन गर्ने कार्यक्रम छ ।  त्यस्तै दिनबन्धु पोख्रेल, राधिका दासी, देवी प्रतिभा, चन्द्रकला सखी, अनुराधा पाण्डेय लगायतले कथा बाचन गर्नेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि