७ पुष २०८२, सोमबार
मुख्‍य समाचार विशेष समाचार

रास्वपाले सार्वजनिक गर्यो उम्मेदवार छनोटका लागि वैज्ञानिक र लोकतान्त्रिक विधि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै तहका निर्वाचनमा योग्य उम्मेदवार चयन गर्न पारदर्शी, लोकतान्त्रिक र वैज्ञानिक पद्धतिमा आधारित उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ ।

पार्टीको विधानको भाग १९ र २० मा उल्लेखित लिडरशिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचन प्रणालीको मर्म अनुसार तयार गरिएको यो विधि उम्मेदवार छनोटलाई थप व्यवस्थित, संस्थागत र वस्तुनिष्ठ बनाउने उद्देश्यले ल्याइएको हो ।

पार्टीले यस्तो विधिबाट मात्रै देश र जनताप्रति प्रतिवद्ध, योग्य, र सक्षम उम्मेदवार चयन गर्न सकिने जनाएको छ । यस प्रणालीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउने, निर्वाचनमा प्रतिस्पर्धात्मकता बढाउने र आम नागरिकको विश्वास जित्ने अपेक्षा गरिएको छ ।

रास्वपाको यो नयाँ उम्मेदवार छनोट विधिले नेपाली राजनीतिको पारदर्शिता, जवाफदेहीता र समावेशितालाई संस्थागत गर्दै जनतामाझ पार्टीको विश्वसनीयता बढाउने ठोस प्रयासका रूपमा हेरिएको छ । पार्टीले नेतृत्व विकासमा लगानी गर्दै अबको राजनीति मूल्य, सिद्धान्त र क्षमतामा आधारित हुने संकेत दिएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको