Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन :  मन्त्री भण्डारी

रातो कागज
10 घण्टा अघि

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधार तयार नगरी मुलुकको औद्योगिकीकरण सम्भव नहुने बताएका छन् ।

बिहीबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले औद्योगिक पूर्वाधारलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘जहाँ उद्योगशीलता हुन्छ, त्यहाँ रोजगारी सिर्जना हुन्छ । राष्ट्रिय अर्थतन्त्रमा योगदान बढ्छ र त्यसपछि मात्र मुलुकले सभ्य इतिहास रच्न सक्छ ।’

हालको आर्थिक सूचकाङ्कले मुलुक ओरालो लागेको संकेत गरिरहेको उल्लेख गर्दै उनले राज्यको भूमिका अझ सक्रिय हुनुपर्ने धारणा राखे । ‘आजको तथ्यांकले हामीलाई गिज्याइरहेको छ । हामी ओरालो लागिरहेका छौं,’मन्त्री भण्डारीले भने ।

उद्योगी तथा व्यवसायीहरूले जग्गा र पूर्वाधारमा व्यक्तिगत लगानी गरेर उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको भन्दै उनले औद्योगिक पार्क निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

विकसित औद्योगिक मुलुकहरूबाट सिक्ने समय आएको बताउँदै मन्त्री भण्डारीले अब राज्यले उद्योगीलाई ‘सहज र सुविधासम्पन्न’औद्योगिक पूर्वाधार उपलब्ध गराउनुपर्ने समय आएको बताए ।

उनले भने, ‘औद्योगिक पार्क बनाउँदा त्यहाँ सडक, बिजुली, पानीलगायत सम्पूर्ण पूर्वाधार उपलब्ध हुनुपर्छ, कुनैपनि उद्योगि, व्यवसायीले जग्गा, पूर्वाधारमा लगानी गरेर उद्योग सञ्चालन गर्न कठिन छ । आजका विकशित औद्योगिक रुपमा सम्पन्न भएका मुलुकहरुबाट धेरै कुरा सिक्न जरुरी छ । औद्योगिक पार्क बनाउनुपर्यो, त्यसका आर्कषक औद्योगिक क्षेत्र जहाँ बाटो होस्, बिजुली होस्, पानी होस्, त्यहाँ सबै वस्तुहरु हुनुपर्छ । पूर्वाधार तयार भैइसकेपछि हामीले उद्योगलाई आमन्त्रण गर्ने हो पूर्वाधारका सवालमा ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया