रातो कागज

काठमाडौं । असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिकभएका छन् । सरकारका प्रवक्ता समेत रहेका सूचनातथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले २३ र ३०गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु बुधबार सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्बैठकले राष्ट्रिय योजनाआयोगकाउपाध्यक्षप्रा.डा. शिवराजअधिकारीलाई न्यूयोर्कमा हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा तथा गण्डकी प्रदेशकामुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणमा सहभागीहुन स्वीकृतिदिएको छ।
यसैगरी नेपाल राष्ट्र बैंकबाट नयाँहजार रुपैयाँ दरका नोट प्रकाशनको तयारीस्वरूप नोटको चित्रतथाआकार स्वीकृत गरिएको छ। साथै, विद्यालय क्षेत्र सुधार कार्यक्रमकालागिविश्व बैंकबाट थप १०.८ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार्ने निर्णय भएको छ।साथै, प्रत्येक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’को रूपमामनाउने र उखु उत्पादक कृषकहरूलाई प्रतिक्विन्टल ३५ रुपैयाँअनुदानदिने निर्णय गरेको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका ३७जनामहासेनानीहरूको सरुवा गर्ने, एकजनाप्रमुख सेनानीलाई महासेनानीदर्जामा र एक महासेनानीलाई सहायक सेनानीमा बढुवा गर्ने निर्णय गरेको छ।
वनतथावातावरण मन्त्रालयले गुल्मीको रेसुङ्गानगरपालिकामाजिपलाइनतथा स्काई साइक्लिङ परियोजनाकालागि राष्ट्रिय वनको प्रयोग तथानर्वे र चीनमाआयोजनाहुने अन्तर्राष्ट्रिय कार्यक्रमहरूमामन्त्रीहरूको सहभागितालाई स्वीकृतिदिएको छ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्रालयले चीनको संघाईमा हुने‘विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन२०२५’ मा मन्त्रीपृथ्वी सुब्बा गुरुङलाई, तथाशिक्षामन्त्रालयले सचिवलाई चीन पठाउने निर्णय गरेको छ।
स्वास्थ्यतथाजनसङ्ख्या मन्त्रीप्रदीपपौडेललाई चीनको बेइजिङमाहुने ‘ग्लोबल हेल्थ फोरम २०२५’ मा सहभागीहुने स्वीकृतिप्रदान गरिएको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू :
१.२०८२ असार ३० गतेदेखि साउन ८ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजनाहुने दिगो विकाससम्बन्धीउच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजनाआयोगकामाननीयउपाध्यक्षप्रा.डा. शिवराजअधिकारीलाई सहभागीहुन स्वीकृतिप्रदान गर्ने ।
२.नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापनाभएको ७० औं वार्षिकोत्सवको अवसरमा २०८२ साउन ६ गतेदेखि १२ गतेसम्म गण्डकी प्रदेशकामुख्यमन्त्रीमाननीय सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको लागि स्वीकृतिप्रदान गर्ने ।
३. नेपाल राष्ट्र बैंकबाट एक हजार रुपियाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने ।
४ं विश्वबैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागिप्राप्तहुने थप १०.८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायताप्राप्त गर्ने ।
५.प्रत्येकवर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमामनाउने ।
६.आर्थिक वर्ष २०८१ ÷ ८२ का लागिउखु उत्पादककृषकहरूलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्वीन्टल रु.३५ कायम गर्ने ।
७.नेपाली सेनाका ३७जनामहासेनानीहरूको सरुवा गर्ने ।
८.रेसुङ्गानगरपालिकागुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणको लागिगुल्मीजिल्लाको रेसुङ्गानगरपालिका वडा नं ८ मा रहेको राष्ट्रिय वनको जग्गाप्रयोग गर्न स्वीकृतिप्रदान गर्ने ।
९. २०८२ साउन ९ गतेदेखि १४ गतेसम्म नर्वेमा आयोजनाहुने कार्यक्रममा सहभागीहुनमाननीयवनतथावातावरण मन्त्रीलाई स्वीकृतिप्रदान गर्ने ।
१०. ग्रामिण सडक सञ्जाल सुधार आयोजनालाई नवलपरासी (बर्दघाट सुस्तापूर्व ) जिल्लाको कावासोतीनगरपालिका र हुप्सेकोट गाउँपालिकामा रहेको आलोक चक्रपथअन्तर्गत गिरुवारी– झ्यालबास– डण्डा – चौराहा– पनौती– बसन्तपुर सडकखण्ड स्तरोन्नतिकालागि राष्ट्रिय वनको ३.९९ हेक्टर जग्गाप्रयोग गर्न स्वीकृतिदिने ।
११.कोशीगाउँपालिका, सुनसरीको केन्द्र वडा नं. १ लौकहीबाट परिवर्तन गरी वडा नं. ३ बद्रीपुलकायम गर्ने ।
१२.कालिगण्डकी गाउँपालिका, स्याङ्जाको केन्द्र वडा नं. ४ कट्टीबाट । परिवर्तन गरी वडा नं. ४ गहलामकायम गर्ने ।
१३.२०८२ साउन १० गतेदेखि १२ गतेसम्म चीनको संघाईमा आयोजना । हुने २०२५ मा सहभागीहुन सञ्चार तथा सूचनाप्रविधिमन्त्रीमाननीय पृथ्वी सुब्बा गुरुङलाई स्वीकृतिप्रदान गर्ने।
१४. स्वास्थ्यतथाजनसङ्ख्या २०८२ साउन ८ र ९ गते चीनको बेइजिङमाआयोजनाहुनेसम्मेलनमा स्वास्थ्यतथाजनसङ्ख्या मन्त्रीमाननीयप्रदीपपौडेललाई सहभागीहुन स्वीकृतिप्रदान गर्ने ।
१५. रफ्रेश सेन्टर प्रा.लि. लाई पर्यापर्यटन व्यवसाय गर्ने ।
१६. कार्यको लागि सुनकोशीगाउँपालिका वडा नं. ६ सिन्धुलीमा रहेको हैसियतबिग्रेको राष्ट्रिय वनको जग्गा र धार्चे कृषि जडिबुटी उत्पादनतथाप्रशोधनफार्मलाई वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ उत्पादन गर्ने कार्यको लागिधार्चे गाउँपालिका वडा नं. ४ लाप्राक, गोरखामा रहेको हैसियतबिग्रेको राष्ट्रिय वनको जग्गाकबुलियतीवनको रूपमाउपलब्ध गराउन स्वीकृतिदिने ।
१७.शिक्षा, विज्ञान तथाप्रविधि २०८२ साउन ५ गतेदेखि १६ गतेसम्म चीनमाआयोजनाहुने कार्यक्रममा सचिव (विज्ञान तथाप्रविधि) लाई सहभागीहुन स्वीकृतिदिने।
१८. नेपाल र जापान सरकारबिच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमानिश्चित सीपयुक्तकामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ बाट थपपाँचवर्षका लागिनवीकरण गर्न स्वीकृतिदिने ।
१९.जलतथाउर्जा आयोगको सचिवालय र अन्तर्गतकाकार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।
२०. नेपाल लेखापरीक्षण सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षकपदमानायवमहालेखापरीक्षकश्री नारायण एम. सी. लाई बढुवा गर्ने।
२१.२०८२ साउन ११ गतेदेखि १३ गतेसम्म इथियोपियामाआयोजनाहुने कार्यक्रममा राष्ट्रिय योजनाआयोगकामाननीय सदस्य डा. जय बहादुर टण्डनलाई सहभागीहुन स्वीकृतिप्रदान गर्ने ।
२२.नेपालबीमाप्राधिकरणका सञ्चालक समितिकाअध्यक्षश्री शरद ओझाको आचरण, कार्यक्षमता र पदीयजिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्चअदालतकापूर्व न्यायाधीशश्री कृष्ण गिरीको अध्यक्षतामाश्री जीवनप्रकाश सिटौला र श्री कपिलदेव ओली सदस्य रहेको छानबिन समिति गठन गर्ने ।
२३. छानबिन समाप्तभई अर्को व्यवस्थानहुन्जेल सम्मकालागि नेपालबीमाप्राधिकरणको सञ्चालक समितिको अध्यक्षभई कामकाज गर्ने गरी अर्थ मन्त्रालयका सहसचिवश्री सेवन्तकपोखरेललाई तोक्ने ।
२४. निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाकालागिजापान सरकारबाट प्राप्तहुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।
२५. २०८२ साउन ६ गतेदेखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहानसबर्गमा आयोजनाहुनेमा दक्षिण अफ्रिकाकालागि नेपाली राजदूतप्रा. कपिलमानश्रेष्ठलाई सहभागीहुन स्वीकृतिप्रदान गर्ने ।
२६. जिल्ला समन्वय समिति डडेल्धुराको नाममा रहेको २–६–१–२ रोपनीजग्गा अमरगढी नगरपालिका, डडेल्धुरालाई बहुउद्देश्यीयभवननिर्माणको लागिउपयोग गर्न स्वीकृतिदिने ।
२७.राष्ट्रिय सहकारी नियमनप्राधिकरणको रिक्तअध्यक्षपदमा डा. खगराजशर्मा, रुपन्देहीलाई नियुक्ति गर्ने ।
२८. फाप्लाअन्तर्राष्ट्रिय क्रिकेट मैदानतथा खेलग्रामपूर्वाधार निर्माण विकास समितिको कार्यावधिमिति २०८२ /३ /२९ देखि चार महिनाकालागिथप गर्ने।
फेसबुकबाट तपाईको प्रतिक्रिया