नेपाल न्युज बैंक

काठमाडौं । आज संघीय संसद अन्तर्गतको चारवटा समितिका बैठक बस्दै छन् ।
बुधबार कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।
जसनुसार आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल, नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधनकर्ता माननीय सदस्यसँग छलफल गरिने कार्यसूची रहेको छ ।
यस्तै, दिनको १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेश गर्ने, राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गरिनेछ ।
सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको दिनको १ बजे बस्ने बैठकमा समितिको कार्ययोजना कार्यान्वनको अवस्था र समितिको कामकारबाहीको समिक्षा सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सोह्रौं बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदामाथि सुझाव संकलन तथा सो सम्बन्ध, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने, सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको हालसम्मको प्राप्त प्रगति विवरण सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाकाको बैठक आगामी साउन ७ गते र राष्ट्रियसभाको बैठक ६ गतेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया