Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

घट्यो पेट्रोलियम पदार्थको मूल्य

रातो कागज
7 घण्टा अघि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेलमा १ रुपैयाँ ३० पैसा मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । निगमका अनुसार मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँ ३० पैसा मूल्य घटेको छ ।

सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया