Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड

रातो कागज
7 घण्टा अघि

मुगु । सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालिकोटमा तोडफोड गरिएको छ । कालिकोटको तिलागुफा नगरपालिका गाल्जेमा वर्षाका कारण भत्किएको सडक निर्माण गर्न गएको स्काभेटर डोजर तोडफोड गरिएको हो ।

सडकको खाल्डो पुर्नका लागि गाल्जे गएको आर.डी. ०४२०६६ नम्बरको ह्याब्बी स्काभेटर डोजर कालिकोट जुपिथाका अपरिचित युवाले तोडफोड गरेका हुन् ।

सडक डिभिजन कार्यालय जुम्लाका सवारी चालक तेजेन्द्र हितानका अनुसार गाल्जेमा अवरुद्ध सडक निर्माणका क्रममा रहेको ह्याब्बी स्काभेटर डोजर जुपिथाका ६÷७ जना परिचित युवाको समुहले तोडफोड गरेको बताए ।

उनले भने, ‘अवरुद्ध कर्णाली राजमार्गको गाल्जेमा स्काभेटरले २५ वटा होल खोपेको थियो । खोपेका २५ वटा होल मध्ये १० वटा होलमा माटोले पुरी दिएको छ ।’

सवारी चालक हितानले सव डिभिजन कार्यालय जुम्लाबाट गएको टोली माथी समेत हातपात भएको बताए ।

‘कर्णाली राजमार्ग निर्माणका क्रममा रहेको स्कोटरलाई तेल उपलव्ध गराउनका लागि गएको बा २ भ १६६८ नम्बरको गाडीको चालकलाई हातपात गर्ने प्रयास गर्दा गाडीको भाइजरसमेत फुटेको छ,’उनले भने ।

कालिकोट जुपिथाका ५/६ जना युवालाई कालिकोटको गाल्जेमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घटनाको थप आवश्यक अनुसन्धान भइरहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया