१२ चैत्र २०८२, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

सेयर बजारका सबै सूचक बढे, नेप्से २७६० अंकमा

३१ असार, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा पुगेको छ ।

 

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भयो । कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो ।

 

सबै समूहका सूचक बढेका छन् । बैंकिङ सबैभन्दा धेरै १.८१ प्रतिशत बढ्यो । विकास बैंक १.२२, फाइनान्स १.७९, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.७१, लगानी १.०८, जीवन बीमा ०.६८, उत्पादन तथा प्रशोधन ०.८८, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा ०.७६, अन्य ०.५२ तथा व्यापार ०.८५ प्रतिशत बढे ।

 

सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.०८ प्रतिशत बढ्यो । राप्ती हाइड्रोको ५.८६, भूगोल इनर्जीको ५.७१, ओम मेगाश्री फर्मास्युटिकल्सको ५.४३ प्रतिशत बढ्यो ।
भगवती हाइड्रोपावरको ४.६४, शुभम् पावरको ३.३३, चिरख्वा हाइड्रोपावरको ३.२६, सप्तकोशी विकास बैंकको २.८२ प्रतिशत मूल्य घट्यो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि