२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

गतबर्ष भीषण पहिरो गएको झ्याप्ले खोला क्षेत्रमा पुनर्निर्माण धमाधम

काठमाडौं । गत असोज १२ मा नागढुंगा–नौबिसे सडक खण्डको झ्याप्ले खोलामा लेदोसहितको भिषण पहिरो गएको स्थानमा अहिले पुनर्निर्माण कार्य तिब्र गतिमा भइरहेको छ ।

 

चीनियाँ कम्पनी जियाङसु र नेपाली साझेदार कम्पनी सगुन कन्स्ट्रक्सनले उक्त स्थानमा अहिले पुनर्निर्माणसँगै पहिरो रोकथामको काम समेत गरिरहेको हो । कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले सो सड्क खण्डको पहिलो खण्डमा करीब ८० प्रतिशत सड्क कालोपत्रे भइसकेको बताए ।

 

उनका अनुसार पहिरो गएको स्थानमा फेरी पहिरो जाने खतरालाई कम गर्न काम भइरहेको छ । गत वर्षको पहिरोका कारण यातायातका साधन समेत पुरिएका कारण ३५ जनाभन्दा धेरैले ज्यान गुमाएका थिए ।

 

बाटोभदा करीब २/३ सय मिटरभन्दा माथिल्लो भागमा भएको खाली जमिनमा प्लटिङ व्यवसायीहरुले जग्गा प्लटिङ गरेका थिए । प्लटिङ गर्ने टोलीले प्लटिङ गरेर माटो फालेका थिए । पानी परेपछि सोहि माटो बगेर आयो र त्यसले पहिरो सिर्जना गरेको घिमिरेले बताए ।

 

‘सोही माटो लेदोसहितको पहिरोमा परिणत भएर आएपछि जाने ठाउँ कहिँ नहुँदा थुनिएर त्यहाँ भएको सानो कल्र्भटमा भरियो । पानीले पनि जाने निकास नपाएपछि सबै लेदो त्यही स्थान भएर बगेकोले ठुलो पहिरोको रुप लिएको हो,‘ उनले भने । यसअघि २०५० सालमा पनि सोही ठाउँमा पहिरो गएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि