२९ आश्विन २०८२, बुधबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि साताको दोस्रो कारोबार दिन नेप्से ३५.०९ अंकले घटेको छ । पहिलो कारोबार दिन २९ अंकले बढेको बजार आज घटेको हो । बजार घटेसँगै नेप्से परिसुचक २७२५.७१ बिन्दुमा झरेर रोकिएको हो । यस दिन कुल ३२१ स्टकको आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको दुई करोड ११ लाख २ हजार ५४० कित्ता शेयर खरिद विक्री भएको छ ।

 

अघिल्लो कारोबार दिन २७६०.८० बिन्दुमा रोकिएको बजारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर कारोबार भएको थियो ।

 

आज सेन्सेटिभ इन्डेकस ६.८३ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.६८ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५२ अंकले घटेको छ । यस दिन माइखोला हाइड्रो पावर लिमिटेड, हिमालयन पार लिमिटेड, जोशी हाइड्रो पावर र सिनर्जी पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।

 

माइखोला हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ५३.३१ रुपैयाँले बढेर ९५६.६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । हिमालयन पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले बढेर ३७३.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

 

त्यसैगरी जोशी हाइड्रो पावरको शयेर मूल्य प्रतिकित्ता १४.६८ रुपैयाँले बढेर ३४६.३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सिनर्जी पावरको शेयर मूल्य १६.२८ रुपैयाँले बढेर ४११.४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

 

यस दिन सामुदायीक लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७१.४८ रुपैयाँले घटेर १५२९.४३ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

 

त्यसैगरी धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६७.७५ रुपैयाँले घटेर १४९२.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यस दिन एनआइसी एशिया, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्टक्चर डेभ्लप्मेन्ट र सानीमा बैंकको शेयर सर्वाधिक कारोबार भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि