२९ आश्विन २०८२, बुधबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन बहादुर गुरुङले टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै खुसी लागेको बताएका छन् ।

 

सोमबार काठमाडौंमा आयोजित टियू शिक्षण अस्पताललाई हस्तान्तरण गरेको भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित भवनको उद्घाटन समारोहमा उनले स्वर्गीय बुबा र आमाको स्मृतिमा १० करोडको लागतमा भवन निर्माण भएको भन्दै यो हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताए ।

 

उनले भने, ‘टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै नै खुसी लागेको छ । २०६८ सालमा स्वर्गीय बुबा र आमाको स्मृतिमा १० करोडको लागतमा यो भवन निर्माण गरेर आज हस्तान्तरण गर्दैछौं ।’

 

यस्तै, उनले राष्ट्र र देशबाट केही पाइन्छ कि भन्ने भाव नराखी यस्ता कामहरु गर्दै जाने पनि बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि