२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सोमबार प्रतिनिधिसभाको बैठकमा सरकार र प्रधानमन्त्रीको आलोचना गरेका छन् । उनले केही मन्त्रीहरुको अडियो सार्वजनिक भइसकेको घुस लेनदेनको घटनालाई लिएर सरकारको मौनता र सहनशीलता माथि प्रश्न उठाएका हुन् ।

 

बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘घुस लेनदेनको विषयमा केही मान्य मन्त्रीहरुको अडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गोकुल बाँस्कोटाको यस्तै विषयमा राजीनामा भएको थियो । अहिले किन मौनता? सहनशीलता कहाँ छ ?’

 

उनले प्रधानमन्त्रीकै भनाइ उद्धृत गर्दै भने, ‘दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, हामी भ्रष्टाचार गर्दैनौं — यो प्रधानमन्त्री ज्यूको भनाइ हो । तर अहिलेको व्यवहार त्यस्तो देखिँदैन ।’
पौडेलले लोकतन्त्र, सुशासन, र नैतिकताको सन्दर्भमा पनि गम्भीर प्रश्न उठाए । भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता कहाँ छ ? लोकतन्त्रको इमानदार शासन प्रणाली कहाँ छ ? नैतिक मानव, मूल्य र मान्यताको प्रतिबद्धता कहाँ छ ? भन्दै उनले तीव्र असन्तुष्टि व्यक्त गरे ।

 

उनले सत्ता नजिक भएकालाई जस्तोसुकै कार्य गर्न छुट दिनु गलत भएको बताए । ‘जसले जे मन लाग्यो त्यही गर्ने, आफ्नो मान्छे भएपछि जस्तो गरे पनि हुने — यही हो लोकतन्त्र ?’ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सोमबार प्रतिनिधिसभाको बैठकमा सरकार र प्रधानमन्त्रीको आलोचना गरेका छन् ।

 

उनले केही मन्त्रीहरुको अडियो सार्वजनिक भइसकेको घुस लेनदेनको घटनालाई लिएर सरकारको मौनता र सहनशीलता माथि प्रश्न उठाएका हुन् । बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘घुस लेनदेनको विषयमा केही मान्य मन्त्रीहरुको अडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गोकुल बाँस्कोटाको यस्तै विषयमा राजीनामा भएको थियो । अहिले किन मौनता? सहनशीलता कहाँ छ ?’

 

उनले प्रधानमन्त्रीकै भनाइ उद्धृत गर्दै भने, ‘दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, हामी भ्रष्टाचार गर्दैनौं — यो प्रधानमन्त्री ज्यूको भनाइ हो । तर अहिलेको व्यवहार त्यस्तो देखिँदैन ।’
पौडेलले लोकतन्त्र, सुशासन, र नैतिकताको सन्दर्भमा पनि गम्भीर प्रश्न उठाए । भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता कहाँ छ ? लोकतन्त्रको इमानदार शासन प्रणाली कहाँ छ ? नैतिक मानव, मूल्य र मान्यताको प्रतिबद्धता कहाँ छ ? भन्दै उनले तीव्र असन्तुष्टि व्यक्त गरे ।

 

उनले सत्ता नजिक भएकालाई जस्तोसुकै कार्य गर्न छुट दिनु गलत भएको बताए । ‘जसले जे मन लाग्यो त्यही गर्ने, आफ्नो मान्छे भएपछि जस्तो गरे पनि हुने — यही हो लोकतन्त्र ?’ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि