२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

 

बजेट ल्याउनुअघि राष्ट्रियसभा गृहमा भइरहेको नगरसभा बैठकमा मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएका हुन् । उनले नगरसभाको बैठकमा १९ बुँदे नीति तथा कार्यक्रम वाचन गरेका हुन् । नगर सभामा पेश हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनुपर्ने व्यवस्था छ ।

 

त्यही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट आइतबार बिहानै पास गरिसकेको छ । गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि