२८ आश्विन २०८२, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उत्साह देखिएको छ ।

 

आईतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेर अहिले २७६०.२५ अंकमा झरेको छ । नेप्से बढेसँगै बजारमा बिक्री पक्ष हाबी भएसँगै परिसुचक केहि घटेको हो । यद्यपी, अघिल्लो कारोबारको तुलनामा सबै परिसुचकहरु बढेरै कारोबार भइरहका छन् ।

 

यसबेला सम्म कुल ३ अर्ब ६७ करोड २ लाख ३६ हजार रुपैयाँको ८४ लाख ७९ हजार ८५४ कित्ता शेयर किनबेच भएको छ । मौद्रिक नीतिले उद्यम व्यवसाय, ब्याजदर कोरिडोर, घरजग्गा, शेयर कारोबार लगायतमा गरेको लचिलो व्यवस्थाले अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि