११ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

काठमाडौँ, २७ असार । प्रहरीले रु ९० लाख बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका एक जना अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–२४ का २८ वर्षीय धर्मेन्द्रकुमार पटेललाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, “वादी नेपाल सरकार प्रतिवादी निज पटेल भएको रु ९० लाख बिगो रकमको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।”

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि