८ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार सूचना प्रविधि

अमेरिकाको टेक्सासमा बाढीमा परी ११९ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या बढ्ने क्रम जारी

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा जुलाई ४ मा आएको विनाशकारी बाढीले हाल सम्म कम्तिमा ११९ जनाको ज्यान लिएको छ । स्थानिय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

 

‘बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको काउन्टीमा अझैंपनि कम्तिमा १६१ जना बेपत्ता छन । ग्वाडालुप नदीको किनारमा रहेको एक समर क्याम्पका सल्लाहकार सहित जसमा पाँच जना महिलाहरु पनि हाल सम्म बेपत्ता छन,‘ केर काउन्टीका शेरिफ ल्यारी लेइथाले पुष्टि गरे ।

 

टेक्सासका गभर्नर ग्रेग एबोटले मंगलबार राति राज्यभरि कम्तिमा १७३ जना बेपत्ता रहेको बताए । पीडितहरूको सम्मानमा उनले जुलाई १४ मा सूर्योदय नभएसम्म राज्यको झण्डा आधा झुकाउन आदेश दिएका छन् ।

 

राष्ट्रिय मौसम सेवा विभागका अनुसार, विगत एक दशकमा संयुक्त राज्य अमेरिकामा बाढीले प्रति वर्ष औसत ११३ जनाको ज्यान लिने गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि