२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको छ ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्द्र संसदीय व्यवस्थाको व्यापारी भएको बताएका छन् ।

 

संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली भन्दै माओवादीले संसदीय व्यवस्थाको भरमग्दुर दोहन गर्ने गरेको बस्नेतको टिप्पणी रहेको छ ।

 

उनले भने, ‘माओवादी चुनावमा एउटा दलसँग गठबन्धन गर्छ । सरकार बनाउन अर्को गठबन्धन र सरकार फेर्न फेरि अर्को गठबन्धन गर्छ । साना दलहरुलाई प्रयोग गर्छ ।

 

सरकार टिकाउन अन्य पार्टी फुटाउँछ । कसैसँग निहु खोज्न एउटा गठबन्धन गर्छ, आफै जाकिने भएपछि फेरि गठबन्धन फेर्छ । बाहिर जे भनेपनि संसदीय व्यवस्थामा सबैभन्दा बढी माओवादी रमाएको छ ।’

 

संसदीय व्यवस्थामा सुधार वा उपयुक्त विकल्प खोज्नुपर्ने माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको उनको आरोप छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि