२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत असार १४ गते स्पने भ्रमणमा गएका थिए ।

 

उनी आज शुक्रबार स्वदेश फिर्ता भएका हुन् । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता गरेका थिए । यस्तै स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता,स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा.मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग उनको भेटवार्ता भएको थियो ।

 

बिहीबार उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि