२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

प्रदेश सभामा एमाले नेता थपलिया निदाएको तस्बिर भाइरल

हेटौंडा । बागमती प्रदेश सभाको बैठकका क्रममा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको निदाएको तस्बिरले चर्चा पाएको छ ।

 

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका बीचमा नेता थपलिया निदाएको अवस्थामा क्यामेरामा कैद भएका हुन् । बैठकको प्रत्यक्ष प्रसारणका क्रममा उनी आँखा चिम्लेर अगाडि झुकिरहेको अवस्थामा देखिएका छन् ।

 

सार्वजनिक भएको तस्बिरले सामाजिक सञ्जालमा चासोको विषय बनिरहेको छ । प्रदेश सभा जस्तो संवैधानिक निकायमा जनप्रतिनिधिको यस्तो व्यवहारप्रति कतिपयले आलोचना गरेका छन् ।

 

नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित नेता थपलियाले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि