२८ आश्विन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी, ६ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी छ । दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका १२ जना सदस्य थिए ।
बुधबार स्थानीय समय अनुसार राति ११ः२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवाङ्गीबाट बाली जाँदै गर्दा डुङ्गा डुबेको बताइएको छ ।

 

इन्डोनेसियाली खोज तथा उद्धार टोलीहरूले जीवित व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन् । खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बिहीबार साँझ रात परेका कारण खोज तथा उद्धार कार्य स्थगित गरिएको र शुक्रबारबाट पुनः सुरु गरिएको बताए ।

 

जसमध्ये छ जनाको मृत्यु भएको पुष्टि भएको छ, २४ जना अझै बेपत्ता छन् र ३५ जना बाँचेका छन्। आपत्कालीन अवस्थाका लागि धेरै एम्बुलेन्सहरू तयार राखिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि