७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

लागुऔषध ट्रामाडोलसहित तीन जना पक्राउ

हेटौंडा । प्रहरीले लागुऔषध १ हजार ७ सय ७० क्याप्सुल ट्रामाडोलसहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा – ८ औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडकमा शंकास्पद रुपमा बसीरहेको अवस्थामा पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा हेटौंडा – १५ शिखरपानी बस्ने वर्ष २४ को महेश तामाङ,भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा – ९ डेराकोठामा बस्ने वर्ष २६ को कैलाश थापा मगर र हेटौंडा – १३ बस्ने वर्ष ४० को सोम स्याङतान रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

 

प्रहरीका अनुसार बुधबार ३ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोली प्रहरीले औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडक खण्डमा ना. ३८ प ३१८५ नं. को मोटरसाईकल र ना २१ प १७१ नं। को स्कुटर रोकी शंकास्पद रुपमा बसीरहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा निजहरुको साथबाट ट्रामाडोल १ हजार ७ सय ७० क्याप्सुल फेला परेको हो ।

 

उक्त लागूऔषध तथा मोटरसाइकल स्कुटर बरामद गरी महेश तामाङ, कैलाश थापा मगर र सोम स्याङतानलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्धामा जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि