२८ आश्विन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

कंग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक

काठमाडौं । अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ । अमेरिकाको क्यापिटल हिलमा लामो र कठिन संसद् सत्रपछि तल्लो सदनले बिहीबार २१८–२१४ को मतले विधेयक पारित गरेको हो ।

 

यसअघि माथिल्लो सदन सिनेटले मंगलबार एक मतको अन्तरले यो विधेयक अनुमोदन गरेको थियो । ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई ४ जुलाईसम्म अन्तिम संशोधित विधेयकमा हस्ताक्षरका लागि पठाउन समयसीमा दिएका थिए ।

 

यो विधेयकले आगामी १० वर्षमा संघीय घाटामा ३.३ ट्रिलियन डलर थप्न सक्ने र लाखौँ मानिसहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित गर्ने संसदीय बजेट कार्यालयले प्रक्षेपण गरेको छ । तर, यसलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ ।

 

बिहीबार साँझ पत्रकारहरूसँग ट्रम्पले यो विधेयकले देशलाई ‘रकेट जहाज’मा परिणत गर्ने बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि