Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बकर ईदले न्यायपूर्ण र समृद्ध समाज निर्माणमा योगदान पुर्याउछ : प्रधानमन्त्री

News and Updates
11 घण्टा अघि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर ईदले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

शनिबार बकर ईदको शुभकामना दिदैँ उनले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाउने प्रेरणा दिने बताए ।

उनले भने, ‘पवित्र पर्व ईद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया