४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

देशभरका मुस्लिम समुदायले आज बकर इद मनाउदैँ

काठमाडौं । आज देशभरका मुस्लिम समुदायले बकर इद मनाउदैँ छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्वको रुपमा रहेको बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ ।

इदुल फित्र अर्थात रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ र आजबाट मक्कामा जाने हज यात्राको औपचारिक समापन हुन्छ । मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई बली दिन्छन् । बली गर्न नपाउने मुसलमानहरूले आफ्नो गाउँ लगायतका सामीप्य रहेको स्थानमा पैसा पठाउने गर्दछन् ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग ६ हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी घोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो ।

आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोसाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरू एकापसमा साटासाट गर्दछन् । यो पर्व तीन दिनसम्म मनाइन्छ ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि