७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज सप्तरी, २३ जेठः डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।

 

बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले राससलाई जानकारी दिए ।

 

डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते उभएका छन ।

 

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाँकाहरूको खोजी भइरहेको बताएको छ ।