Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण

News and Updates
2 दिन अघि

जनकपुर । विश्व पर्यावरण दिवसका अवसरमा जनकपुरधाममा ६०० वटा विरुवा रोपिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा ६०० वटा विभिन्न प्रकारका विरुवा रोपेको हो ।

 

 

पर्यावरण संरक्षण र मेला, सभा, बैठकको बेला रुखमुनी विश्राम गर्न आउनेहरुलाई मध्यनजर गर्दै तिरहुतिया गाछीमा पिपल, बर, आँप, जामुन र पाखरको विरुवा रोपिएको मेयर साहले बताए ।

 

 

उनले रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा पौराणिक कालजस्तै बोट बिरुवा रोपेर मर्निङ वाल्क र खेलकुद गर्न आउनेहरुका लागि वृक्षा रोपण अझबढी सहज हुने विश्वास व्यक्त गरे ।

 

 

मेयर साहले आगामी दिनमा जनकपुरधामभरि थप एक हजार बृक्षारोपन गरी हरियो जनकपुर बनाउने योजना रहेको जानकारी दिए । उनले जिल्ला र जिल्ला आसपास रहेका सामुदायिक वनहरुबाट वृक्षारोपनका लागि आवश्यक सामग्री र जनशक्तिलाई बोलाएर जनकपुरधामभरि एक हजार बिरुवा रोप्ने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया