७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

ऊर्जा मन्त्री दीपक खड्काद्वारा बेइजिङस्थित नेपाली राजदूतावासका गतिविधि र समस्याबारे विस्तृत छलफल

बेइजिङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसकेपछि बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गरेका छन् ।

 

उक्त भ्रमणका क्रममा मन्त्री खड्काले दूतावासका पदाधिकारीहरूसँग भेटघाट गरी दूतावासको वर्तमान अवस्था, हालका गतिविधिहरू र समस्याहरूका बारेमा विस्तृत जानकारी लिएका छन् ।

 

राजदूतावासका तर्फबाट प्रस्तुत गरिएका समस्याहरूमा कार्यसुविधा, जनशक्ति र स्रोतको अभाव लगायतका विषयमा गम्भीर छलफल गरिएको थियो । मन्त्री खड्काले तिनीहरूको समाधानका लागि परराष्ट्र मन्त्रालयसँग आवश्यक पहल गर्ने र समन्वय गरिने आश्वासन दिएका छन् ।

 

सो अवसरमा मन्त्री खड्काले बेइजिङमा आयोजित नेपाली पर्यटन व्यवसायीहरूको ट्रेड फेष्टममा पनि सहभागिता जनाउँदै स्टल अवलोकन र व्यवसायीहरूसँग अन्तक्र्रिया गरेका हुन् । उनले नेपाली पर्यटन र व्यवसाय प्रवर्धनका लागि विभिन्न पहलहरू गर्नुपर्ने महत्वलाई जोड दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि