७ पुष २०८२, सोमबार
अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट पारित, मुख्यमन्त्रीले दिए धन्यवाद

विराटनगर। कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

 

असार १ गते प्रस्तुत बजेटमाथि भएको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । छलफलपछि विनियोजन विधेयक पारित गरिएको हो । प्रदेश सरकारले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

राजस्व स्रोतका हिसाबले ५ अर्ब ५० करोड आन्तरिक स्रोतबाट उठाउने र १२ अर्ब ३९ करोड राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमान गरिएको छ । बाँकी रकम सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमार्फत व्यवस्थापन गरिने बताइएको छ ।

 

बजेट पारित भएसंगै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक संञ्जालमार्फत माननीयहरुलाई धन्यवाद दिएका छन् । ‘सम्पुर्ण माननीय सदस्य प्रती हार्दिक धन्यवाद एंब आभार ब्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि