१६ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

बाढी घरमा पस्दा महिला बेपत्ता

त्रिशूली (नुवाकोट), १३ असार । अबिरल वर्षासँगै आएको बाढीले ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा एक महिला बेपत्ता भएकी छन् ।
बिमचा खोल्सी (कोल्पु खोला) मा आज विहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।
उहाँको अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उहाँको खोजी भइरहेको जनाइएको छ । बाढीका कारका श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको र उपचारका लागि काठमाडौँ पठाइएको छ ।
बाढीले थप तीन वटा गोठमा पनि क्षति पु¥याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि