२७ आश्विन २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’

एजेन्सी । ‘बरफको भात’ अर्थात ‘आइस राइस’ नेपालमा खासै चल्तीमा छैन् । तर चीनमा गर्मी मौसममा आइस राइस लोकप्रिय बन्दै गएको छ ।

 

चीनमा गर्मीको तातो स्वादिष्ट परिकारका रुपमा यो परिकार बढी रुचाइन्छ । पूर्वी चीनको फुझोउ शहरमा यो परिकारका लागि लोकप्रिय छ । बरफको चिसोमा तयार गरिने भात सामान्यतया ताजा फलफूल, कुरकुरे, बदाम, जेलोका टुक्राहरू र दूधमा घोलिएको हुन्छ। गर्मी महिनामा यसको राम्रो व्यापार हुन्छ ।

 

स्थानीय व्यापारी गाओ यानकिङले २५ वर्षभन्दा बढी समयदेखि उक्त परिकार बेच्दै आएको र दैनिक सयौं कचौरा विक्री गर्ने गरेको सुनाउछन् । ‘गर्मीमा, म सामान्यतया दिनमा लगभग १,५०० कचौरा बेच्छु। यसका लागि ग्राहकहरूले कम्तिमा आधा घण्टा लाइनमा बस्नुपर्छ,’ उनले भने ।

 

गर्मीका रातहरूमा आफ्नै कचौरा लिएर पनि सयौं ग्राहकहरु प्रतिक्षा गर्ने गरेका छन् । वार्षिक आयोजना गरिने आइस राइस फेस्टिवलले पर्यटकहरूलाई आकर्षित गरिरहेको हुन्छ ।

 

वाणिज्य ब्यूरोका अनुसार उक्त क्षेत्रमा दर्जनौं आइस राइस रेस्टुरेन्टहरू रहेको र जसले प्रत्येक वर्ष लाखौं डलर राजस्व संकलन गरिरहेको हुन्छ । चाङ्गले क्षेत्रमा मात्रै २० भन्दा बढी रात्रिकालीन बजार र ४० भन्दा बढी आइस्ड राइस रेस्टुरेन्टहरू संचालित छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि