६ माघ २०८२, मंगलवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक

काठमाडौं । किर्गिस्तान हाप्किडो फेडेरेसन तथा ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा जुन २४ देखी २५ तारिखसम्म बिश्केक, किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ रजत पदक जितेका छन् ।

 

पुरुष ५५–५९ केजी तौलसमूहमा समीर गुरुङ र ६० केजी भन्दामाथि राजेन्द्र तामाङले स्वर्ण पदक प्राप्त गरेको नेपाल हाप्किडो मार्सल आट्र्स संघका अध्यक्ष कालीबहादुर घर्तीले जनाएका छन् । पुरुष ५१–५५ केजीमा सरोज गुरुङले रजत पदक प्राप्त गरे ।

 

अध्यक्ष मगरले यो ऐतिहासिक जितले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली हाप्किडो खेलाडीको क्षमतालाई पुनः प्रमाणित गरेको बताए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected