रातो कागज

काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत निरज कुमार चौधरीलाई युवा तथा खेलकुल मन्त्री तेजुलाल चौधरीले आर्थिक सहयोग गरेका छन् । थारु विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीको पहलमा मन्त्री चौधरीले निरजलाई नगद २५ हजार सहयोग गरेका हुन् ।
थापाथली इन्जिनियरिङ क्याम्पसमा अटो मोबाईल इन्जिनियरिङको सातौं सेमेस्टरमा अध्ययनरत निरजलाई प्रोजेक्ट वर्कका लागि पैसाको अभाव भएपछि थारु विद्यार्थी समाजलाई सहयोगका लागि अपिल गरेका थिए । थारु विद्यार्थी समाजले युवा तथा खेलकुद मन्त्री चौधरीलाई निरजको बारेमा सुनाएपछि मन्त्री चौधरी सहयोग गर्न तयार भएका थिए । थारु विद्यार्थी समाजले निरजलाई सहयोगका लागि प्रस्ताब लगेका थिए ।
युवा तथा खेलकुल मन्त्री तेजुलाल चौधरीले निरजको पढाईमा कुनै बाधा अवरोध नहोस् भनेर आर्थिक सहयोग गरेको बताए । उनले भने मेरो सानो सहयोगले कसैको भविष्य बन्छ भने म सहयोग गर्न कहिल्यै पनि पछि पर्दिन् । मन्त्री चौधरीले निरजलाई आर्थिक सहयोग गर्दै भने दुःखमा आतिने र सुखमा मातिने कहिल्यै नगर्नु, आज सुख छ भोली दुःखका दिन पनि आउँन सक्छ, आज दुःख छ भोली सुख पनि अवश्य आउने छ ।
मन्त्री चौधरी शिक्षाबाट कोही पनि विमुख हुन नपरोस् भन्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छन् ।
मन्त्री चौधरीले सतौन स्मृति ट्रस्टको नामबाट सहयोग गर्दै आएका छन् । उनले थारु पत्रकार संघ नेपालको सातौं महाधिवेशनको अवसरमा गायक विकास चौधरी र पत्रकार दिनेश चौधरीलाई नगद सहित पुरस्कृत गरेका थिए । थारु पत्रकारलाई सतौन स्मृति ट्रस्टको नामबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया