Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आठसय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल न्युज बैंक
4 घण्टा अघि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

विहीबार सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

बिहीबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया