२६ आश्विन २०८२, आईतवार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

काठमाडौँ, १ असार । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले बढेर दुई हजार छ सय ५५ दशमलव ८५ को बिन्दुमा कायम भएको हो ।

 

 

आज तीन सय आठ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर ९५ हजार ३७४ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ दशमलव    ९४ को कारोबार भएको नेप्सेले जनाएको छ ।

 

 

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ४८, जलविद्युत् शून्य दशमलव ९६, उत्पादन तथा प्रशोधन एक दशमलव ४७, निर्जीवन बिमा शून्य दशमलव शून्य सात र व्यापार समूह एक दशमलव शून्य आठ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ ।

 

 

बैंकिङ शून्य दशमलव ४४, वित्त शून्य दशमलव ५९, होटल तथा पर्यटन शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव ७६ र जीवन बिमा शून्य दशमलव ५४ प्रतिशतले घटेका छन् ।त्यस्तै, लघुवित्त शून्य दशमलव ३१, म्यचुअल फण्ड शून्य दशमलव ४१ र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले घटेका हुन् ।

 

 

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, प्युअर् इनर्जी लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी चार दशमलव ४३ प्रतिशतले घटेको छ ।

 

 

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको रु ८९ करोड एक लाख बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको २० लाख ७५ हजार एक सय ९७ कित्ता शेयर खरिदबिक्री भएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि