News and Updates

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउनुका साथै नीति निर्माणमा पनि ध्यान दिइरहेको उल्लेख गरेका छन ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले स्वच्छ वातावरणसहितको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
उनले वातावरण संरक्षणको प्रश्नलाई अत्यन्त महत्वपूर्ण लिएर सरकार अगाडि बढिरहेको बताएका हुन् ।
रिसाइकलिङ नहुने पातलो प्लाष्टिकको उत्पादन रोक्न सरकार लागि परेको उनले बताए । उपत्यकाको प्रदूषण कम गर्न मौफसलमा जान चाहनेलाई नि स्शुल्क लिज उपलब्ध गराउने गरी बजेट निर्माण गरिएको बताए । उनले सगरमाथा संवादलाई विश्वव्यापीरुपमा लैजाने बताए ।
‘यो कुनै देश विशेषको होइन । पृथ्वीको साझा विषय हो । यो विषयमा संसारभर छलफल भइरहेको र वातावरणको पक्षमा योजना बनिरहेका छन,’अर्थमन्त्री पौडेलले भने,‘एकातिर विकासको आवश्यकतालाई सम्बोधन गर्नुछ। अर्कोतिर स्वच्छ वातावरणको सुरक्षा गर्नु छ । स्वच्छ वातावरणसहितको विकास प्रत्याभूत गर्नुछ ।’
पातलो प्लाष्टिकको उत्पादन रोक्न सरकार लागि परिरहेको छ । यसले पनि वातावरणमा असर पार्दै गएकाले पनि यसलाई रोक्न लागि परेका छौं ।
सरकारले उपत्यकाको प्रदूषण कम गर्न मौफसलमा जान चाहनेलाई नि स्शुल्क लिज उपलब्ध गराउने गरी बजेट निर्माण गरेको छ । साथै सगरमाथा संवादलाई विश्वव्यापीरुपमा लैजान आवश्यक पनि रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया