Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था गर्नपर्छ : ऋतुसिंह वैद्य

नेपाल न्युज बैंक
13 घण्टा अघि

काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले अटो मोबाइल क्षेत्रलाई व्यवस्थित गर्न स्थिर नीति आवश्यक रहेको बताएकी छन् ।
उनले अस्थिर नीति हुँदा नयाँ सामान आउने र पुरानो थन्किने कारण सिङ्गो देशलाई नै घाटा हुने भन्दै स्थिर नीति आवश्यक रहेको बताएकी हुन् ।

उनले भनिन्,‘हामीले नीतिलाई स्थिर नगर्ने हो भने जहिले पनि नयाँ सामान आउँछ पूरानो थन्किन्छ । यस्तो भयो भने देशलाई नै घाटा हुन्छ । आफ्नो नोक्सान त छँदै छ तर देशको विकास हुनुपर्यो । सबै जनाको विकास हुनुपर्यो । करमा बृद्धि नहुँदाविद्युतीय सवारी साधन(इभी)का लागि एकदमै राम्रो भयो साथै निर्माणका लागि पनि राम्रो भएको छ । धेरै व्यवसायीहरु एसेम्बलको काममा लागि सकेका छन् । तर त्यसमा सम्बोधन भएको छैन् ।’

त्यस्तै उनले अन्तर्राष्ट्रिय व्यापारका लागिलेटर अफ क्रेडिट(एलसी)को व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव समेत दिइन् ।
उनको अनुसार लेटर अफ क्रेडिटविक्रेतालाई खरिदकर्ताको भुक्तानीको ग्यारेन्टी गर्ने कागजात हो । यसको व्यवस्था भयो भने क्रेता र बिक्रेता दुवैलाई सीमापार कारोबारमा आश्वासन र सुरक्षा प्रदान गर्ने उनी बताउँछिन् ।

उनले भनिन्,‘नेपालमा सामानहरु धेरैजसो चाइनाबाट नै आयात भएपनि अन्य देशहरुबाट पनि आयात भइरहेका छन् । विदेशबाट सामान आयात गर्दैगर्दा अन्तर्राष्ट्रिय व्यापारमानेपाल राष्ट्र बैंकले लेटर अफ क्रेडिटको व्यवस्था गरिदिए राम्रो हुने थियो । विक्रेतालाई खरिदकर्ताको भुक्तानीको ग्यारेन्टी गर्ने कागजातहो । यो व्यवस्था भयो भने क्रेता र बिक्रेता दुवैलाई सीमापार कारोबारमा आश्वासन र सुरक्षा प्रदान हुने थियो ।’

अटो मोबाइल क्षेत्रमा पूर्वनिर्धारित केही पनि नहुने कारण एकसय प्रतिशत नै जोखिम रहेको उनको भनाइ छ । यस जोखिलाई ७५ प्रतिशतमा मात्र झार्न सकियोभने राम्रो हुने उनले बताइन् ।
‘अटो मोबाइल क्षेत्रमा जोखिम एकदमै धेरै हुन्छ । पूर्वनिर्धारित केही हुँदैन् । जोखिम शतप्रतिशत छ । धितोका रुपमा कारहरु राख्ने पनि गरेको पाइन्छ । यसलाई ७५ मा झार्न सकेमात्र राम्रो हुने थियो,’ उनले भनिन्
उनले सरकारले कर बढाउँछ भन्ने सुनेर आयातकर्ताहरुले एकैपटक आयात गर्दा सामान स्टकमा बस्ने समस्या निम्तिएको सुनाइन् । सरकारले कर नीतिको योजना पहिले नै सुनाएमा आयातकर्ता र प्रयोगकर्ता दुवैलाई सहज हुने बताउँछिन् ।
उनले भनिन्,‘धेरै सामान स्टकमा बस्यो भनेर तपाईले भन्नुभयो । तर त्यो किन भयो भन्दा सरकारको के नीति कस्तो आउँछ भन्ने कारणले हो । कर बढ्छ कि बढ्दैँन् भन्ने पूर्वजानकारी नपाएर हो । हामी सबैले सुनेका थियौं २०–३० प्रतिशतले बढ्छ भनेर । त्यो करबाट बच्नको लागि धेरै आयातकर्ताहरुले पहिला नै गाडी मगाए । कर नबढ्दा पनि आयातकर्ताहरुलाई समस्या पर्ने नै भयो । किनभने, एकैपटक धेरै सामान आयो ।यही कुरा हामीलाई तीन वा पाँच वर्षको योजना पहिला नै थाहा भयो भने त्यही हिसाबले योजना बनाउछौ । यसरी योजना बनाएर काम अगाडि बढाउने हो भने आयातकर्ता र प्रयोगकर्ता दुवैले कुन गाडी ल्याउने, कुनबेला किन्ने भनेर थहा हुन्छ ।’
धेरै नम्बर भएको गाडी वा मोटर बाइकहरुलाई एसेम्बल गर्नसके आफूहरुलाई फाइदा हुने उनको धारणा छ । जुन ब्राण्डले एसेम्बल गरिरहेको छ तीनिहरुलाई साथ दिनको लागि त्यो क्षेत्रले रोजगारी दिने, सम्बन्धित ब्राण्डको पार्ट स्वदेशमै खपत हुनेभएकाले् ति विषयमा समिक्षा गरेर सुरुदेखि प्रोत्साहन दिने हो भने एक अर्काबीचको सम्बन्ध सुमधुर हुने उनको ठम्याइ छ ।

त्यस्तै उनले नेपालमा एक्स्पोहरु आयोजना गर्न पर्याप्त क्षेत्र नभएको गुनासो समेत गरिन् । काठमाडौंको भृकुटीमण्डपमा एउटा मात्र प्रदर्शनको क्षेत्र हुँदा समस्या भएको भन्दै उनले त्यसको विकल्पमा अन्य क्षेत्रको निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्,‘नाइमा यतिबेला महत्वपूर्ण काममा जुटेको छ । अटोसोको कमिटीहरु सक्रिय छन् । उहाँहरु धेरै नै व्यस्त हुनुहुन्छ । तर नेपालमा भेन्यूको अभाव छ । त्यसको व्यवस्थाप सरकारले गर्नुपर्छ ।’
उनले काठमाडौंको भृकुटीमण्डमा साउन २१ गते देखि २४ गतेसम्म सवारी साधनहरुको एक्सपो आयोजना गर्न लागेको जानकारी दिइन् । उनका अनुसार एक्सपोमा ४८ वटा स्टलहरु राखिने भएकाले ५० वटा ब्राण्डहरु आइसकेको बताइन् । एक्सपोमा विभिन्नप्रशिक्षण र अन्तरक्रिया कार्यक्रमहरु समेत राख्ने उनले जानकारी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया