News and Updates

२९ जेठ, काठमाडौँ । एयर इन्डियाको जहाज दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई(१७१ जहाज दुर्घटनामा पूर्वमुख्मयन्त्री रुपाणीको निधन भएको हो । रुपाणीको निधन केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् ।
रुपाणी पत्नी र छोरीलाई भेट्न लन्डन जाँदै थिए । भारतीय जनता पार्टी९भाजपा० का वरिष्ठ नेता सुनील जाखडले रुपाणीको निधनमा शोक व्यक्त गर्दै भनेका छन्, रुपाणीजीले गुजरातका मुख्यमन्त्रीका रूपमा दिएको योगदान सधैं स्मरणीय हुनेछ । उहाँ विनम्र, संवेदनशील र डाउन टु अर्थ नेता हुनुहुन्थ्यो । गुजरातले एक महान नेता गुमाएको पनि उनको भनाइ छ ।
रुपाणी २०१६ देखि २०२१ सम्म गुजरातका मुख्यमन्त्री भएका थिए । त्यसअघि उनी गुजरात सरकारमा क्याबिनेट मन्त्री थिए । त्यस्तै उनली २००६ देखि २०१२ सम्म राज्यसभा सदस्यसमेत बनेका थिए । रुपाणी पछिल्लो समय भाजपाका पञ्जाब इन्चार्जका रूपमा कार्यरत थिए ।
रुपाणीको जन्म १९५६ मा म्यानमारको यांगुनमा भएको थियो । १९६० मा म्यानमारको राजनीतिक उथलपुथलपछि उनको परिवार गुजरातको राजकोट आएको थियो ।
भारतीय समयअनुसार दिउँसो १स्३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया